गोविन्द खड्का
घोराही, २१ फागुन । पेट बेस्सरी दुख्यो भने स्टार आवासिय माविका छात्राहरु गल्र्स रेष्टरुममा आराम गर्न जान्छन् । पहिला पेटदुख्यो भनेर घर जान्थे । अहिले थोरै दुखे अफिसमा बस्छन् अलि धेरै धौ भए रेष्टरुममा ।
सो विद्यालयका प्रिन्सीपल चित्र घर्तिका अनुसार छात्राको महिनावारी व्यवस्थापन सम्वन्धि एक जना शिक्षकलाई तालिममा पठाईएको थियो । तिन बर्ष अघि ति शिक्षकले तालिम सिकेपछि विद्यालयमा छात्रा शौचालय भित्र खुट्टाले थिच्दा खुल्ने डस्टिविन राखियो । प्याड फेर्ने छात्राले त्यसैमा खसाल्छन् । त्यो व्यवस्था भएपछि छात्राले धेरै राहत पाएको महसुस भयो पेट दुख्यो भनेर घर जान छोडे ।
अहिले विद्यालयमा ईमर्जेन्सी पर्दा प्याडको व्यवस्था गरिएको छ । प्रिन्सीपल घिर्तीले पनि दिन सक्नुहुन्छ । मेडमहरुले पनि बिद्यार्थीलाई बाडि दिन्छन् । कसैले घरमा नलगोस र आवश्यकतामा प्रयाग गरीयोस भनेर प्रिन्सीपल संग राख्ने व्यवस्था भएको घर्तिले जानकारी दिनुभयो । ‘अहिले त लाज मान्दैनन्’ प्रिन्सीपल घर्तिले भन्नुभयो, ‘चाहिएको जति लैजान्छन् । प्याड किन्न र फेर्नका लागि विद्यालय छोड्नु पर्दैन ।’
यतिले नै पर्याप्त भने छैन । शिक्षकहरुका अनुसार बाल्टीनमा जम्मा गरेका प्याडहरु केहि महिना अघि कुकुरले भेटायो । शौचालय भित्र पसेर निकालेर प्रयोग भएका प्याड कुकुरले विद्यालय खुल्नेबेला चौरैभरी छित¥यो । यसैले नष्ट गर्नमा समस्या देखिएको छ । कार्यालय सहयोगीले लगेर जलाउने गरेका छन् । साघुरो क्षेत्रमा जलाउन पनि त्यत्ति उपयुक्त खाडल सहितको व्यवस्था छैन । उपयुक्त विकल्प आए व्यवस्थित ढंगले जलाएर नष्ट गर्न चाहेको उनिहरुले बताए ।
करीव १५ सय बढि विद्यार्थी रहेको सिद्धार्थ एकाडेमि घोराहीमा छात्रा शौचालयमा प्याड फाल्न वाल्टिनको व्यवस्था गरीएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप बहादुर केसिका अनुसार फेर्न प्याड पनि शौचालयमै राखिएको छ । उनिहरुले चाहिएको जति चलाउन सक्छन् । त्यसले विद्यार्थी उपस्थितिमा राम्रो नतिजा ल्याएको छ । कसैले पनि कक्षा छोड्नु पर्दैन ।
उहाका अनुसार भवन भित्रै रहेको शौचालयमा ईन्सीनेटर जोड्ने ठाउ छैन । अर्को छुटै प्याड व्यवस्थापनको संरचना बनाउने बारे सोच्नुपर्छ । प्रयोग भएका प्याड दोश्रो व्यक्तिले देख्नु नपर्नेगरी व्यवस्थापन गर्नु अति उत्तम हो । त्यसका वारेमा कसरथ गरीएको छ । चाडै सम्भव छैन । छात्राहरुको अबस्था अनुसार अफिसमा रेष्ट गराउने, गल्र्स रेष्टरुममा आराम गराउने र समस्या आए अस्पताल दौडाउने व्यवस्था गरेको छ । त्यसकै कारणले कुनै पनि छात्राले चिन्ता गर्नुपर्ने अबस्था छैन ।
गत असार तिन गते विद्यार्थीको व्यापक सहभागितामा सिद्धार्थ एकाडेमिले जंक फुड मुक्त विद्यालय क्षेत्र घोषणा ग¥यो । अध्यक्ष केसिका अनुसार त्यसले ठुलो परिवर्तन ल्याएको छ । केहिदिन क्यान्टीन सञ्चालकले चित्त दुखाएपनि अटेर गरेनन् । विद्यार्थीले पनि त्यसता खानेकुरामा चासो राखेनन् ।
चौरभरी र विद्यालयका तलाहरुमा पाएक पर्ने गरी विद्यालयले डोका टंगाएको छ । त्यसले गर्दा फोहर बाहीर खसाली हाल्ने वाद्यता छैन । ‘संरचनाले धेरै प्रभाव पार्दोरहेछ’« अनुभव सुनाउदै अध्यक्ष केसिले भन्नुभयो, ‘पर्याप्त डस्टिविनले वातावरण सफा राख्न ठुलो मद्धत दिएको छ ।’ उहाकाक अनुसार ठुला कक्षामा भन्दा तल्ला कक्षामा धेरै सजिलो छ । कुरा बुझ्छन् । महिनावारी स्वच्छता व्यवस्थापनका लागि भने संरचनाहरु बनाउनुपर्ने जरुरी हुदै आएको छ ।
महिनावारी स्वच्छता अभियान हरेक ठाउमा शुरु गरीएको छ । छात्राहरुलाई पढाईमा कमजोर बनाउने प्रमुख कारक महिनावारी बनेको छ । खानेपानीको व्यवस्था समेत पर्याप्त नभएका विद्यालयमा भने अझै कठिन छ । उनिहरुले खाने र धुने पानीको सुविधा प्रशस्त गराउने पहिलो शर्त हो । त्यसपछि महिनावारी स्वच्छताको कुरा आउछ ।
विहान घरमा हालेको प्याड फेरी साझ घरै आएर फेर्दा ईन्फेक्सनको खतरा छ । त्यसले ठुलै रोग निम्त्याउने सधैभरी डरहुन्छ । रेष्टरुम सहितको सुविधा हुनुपर्छ । त्यो आवासिय विद्यालयलार्ई सजिलो छ । दाङमा शौचालयमै ईन्सिनेटर जडान गरेर महिना वारी स्वच्छता व्यवस्थापन अम्वेश्वरी मावि अम्वापुर, अमरमावि उरहरी लगाएतमा थालिएको रेडक्रस दाङका सरसफाय कार्यक्रम संयोजक बिश्राम अधिकारीले जानकारी दिनुभयो । यसलाई विस्तार गर्न पहल भएको बताउनुभयो ।