रुकुम, २० फागुन । रुकुमको गाउँगाउँ वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । स्थानीयलाई वित्तीय सचेतना प्रदान गर्ने उद्देश्यले रुकुममा पहिलोपटक कक्षा सञ्चालन गरिएको हो ।

classयूएसआईडीको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित पहल कार्यक्रम रुकुममा वित्तीय साक्षरतासम्वन्धी कक्षा सञ्चालन गरेको हो ।

कक्षामार्फत स्थानीयलाई बचत, ऋण परिचालन, व्यावसायिक योजना, ब्याज प्रक्रियालगायत विषयमा जानकारी गराएको कक्षा सहजकर्ता रिता चन्दको भनाइ छ ।