दाङ , २० फाल्गुन । घोराही नगरपालिका वडा नम्बर २ स्थित पर्चुका नागरिक सचेतना केन्द्रमा उद्यमशिलता सम्बन्धि १ दिने अभिमुखीकरण शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा नासकेका करिब २५ जना सदस्यलाई उद्यमशिलता विकास सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

17122248_1419186731446301_1186478704_o
फोटो क्याप्सन : कार्यक्रममा नासकेका सदस्यलाई प्रशिक्षण दिदै सहकारी डिभिजन कार्यालयका प्रमुख विनोद पाण्डे

सो क्रममा केन्द्रले सामुहिक रुपमा गर्दै आएको मौसमी र बेमौसमी तरकारीलाई व्यवसायीकरण गर्ने तरिका त्यसबाट प्राप्त हुने आम्दानी बचत सहकारीमा रुपान्तरण हुने तरिका बारे सहकारी डिभीजन कार्यालय दाङका प्रमुख विनोद पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा घोराही नगरपालिकाका सुचना अधिकृत प्रेम केसी , नगरपालिकाकी कार्यक्रम अधिकृत स्मृति भण्डारी , सहयोग समाज नेपालका खोपीराम चौधरी , सामाजिक परिचालक कमला चन्द लगायतको सहभागिता रहेको थियो ।

स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहयोग तथा घोराही नगरपालीकाको सहकार्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सुचना अधिकृत केसीले गर्नुभएको थियो भने वार्ड नम्बर २ का संयोजक नारायण प्रसाद पोख्रेलले विषयवस्तुबारे प्रष्ट पार्नुभएको थियो ।