दाङ, सहिद सप्ताहको अवसरमा माओवादी केन्द्र शान्ति नगरगाउँ पालिकाले सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । गाउँ पालिकाले एक कार्यक्रमो आयोजना गरी १४ जना शहिद परिवारलाई सम्मान गरेको हो । सहिद दीपक केसी,लक्ष्मण परियार,मिना विष्ट,रीता ओली,मिना सार्की,शसिराम जैसी,सुवास राजकोटी,प्रकाश चौधरी,तप्तबहादुर केसी,कृष्ण नाथ, खम्बरसिङ विक,डम्बर ज्ञवाली,देउराम दाहाल,प्रेमबहादुर ओलीको परिवारलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्र महादिवेशन आयोजक समिति सदस्य एवं गाउँ पालिकाका ईन्चार्ज नेबबहादुर रोकाले दोसल्ला ओडाएर प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । शान्ति नगरगाउँ पालिका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महादिवेशन आयोजक समिति सदस्य खड्क बहादुर सुनार ‘शिशिर’जिल्ला आयोजक समिति सदस्य राधिका परियार,जिल्ला सल्लाहकार नरबहादुर ओली,सहिद परिवार समाजका उपाध्यक्ष लक्ष्मण खत्री, लगायतले वोल्नु भएको थियो । गाउँ पालिका उपाध्यक्ष खगेन्द्र शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमो सञ्चालन सचिव गोविन्द भण्डारीले गर्नु भएको थियो ।