कुसुम वि.क.

बर्दिया १७ फागुन ।  बर्दियाको सानो श्री ताराताल नगरपालिका वार्ड ६ कुुसुम्वा बजारमा रहेको दिलबहादुर परियारको कपडा पसलमा आगलागी हुदा करिब १५ लाख रुपैया बरावरको क्षती भएको छ ।

आज मगलवार बेलुकी ५ वजेर ३० मिनेटमा दिलबहादुर परियारको हाम्रो बस्त्रालयमा आज बेलुकी आगो लागेको थियो । आगलागी बाट काचो कपडा, सिलाइ मेसिन लगायतका सामानहरु जलेर नष्ट भएको परियारले बताउनु भयो ।

आगलागी के कारण भएको हो भन्ने विषयमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय सानो श्री तारातालले वताएको छ । स्थानियवासीका अनुसार विद्युत सर्ट भइ आगलागी भएको बताएका छन । आगो करिब ४५ मिनेट पछि नियन्त्रणमा लिइएको थियो ।