इन्द्रेणी संवाददाता
दाङ, १७ फागुन । आफ्नो जन्मदिनको अवसरमा तुलसीपुर –५ निवासी २५ वर्षीया अमृता वलीले तेरौटेस्थित बृद्धारुश्रमका बृद्धबद्धाहरुलाई सहयोग गरेकी छिन् ।
अञ्जली मणि ट्रान्सफरकी अध्यक्ष समेत रहेकी वलीले आज बृद्धाश्रममा पुगी आद्यन्न, विस्कुट र फलफुल वितरण गरेकी हुन् । सो अवसरमा वलीले जन्मदिनलाई आफूले समाजिक सेवा गरेर मनाउने उद्देश्यले यो कार्य गरेको जानकारी दिइन् ।
कार्यक्रम नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके शितलको प्रमुख आतिथ्यतामा भएको थियो ।
