तुलसीपुर, १७ फागुन । दाङको तुलसीपुरमा जारी क्लिीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियान २८ औ हप्तामा प्रवेश गरेको छ । सो अवसरमा आज मंगलवार अभियानको नेतृत्व दाङमा भर्खरै मात्र गठन भएको वेटर नेपाल संस्थाले गरेको छ ।

20170228_075409तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्य आयोजना तथा दर्जनौ सामाजीक संघसंस्थाहरुको सहकार्यमा सञ्चालन भइरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापनमा उल्लेखनिय योगदान पु¥याउन लागेको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । यो अभियान सवै नगरवासीको स्वास्थ्य र सरसफाई संग गासीएको हुदा सवैको सहयोग अपरिहार्य रहेको उनले बताए ।