इन्द्रेणी संवाददाता
सल्यान, १८ जेठ
सल्यानको कांरागिठीमा ४ दिने मगर भाषा र मगर कर्मकाण्ड प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ केन्द्रिय मध्यपश्मिाञ्चल उपाध्यक्ष नेमबहादुर बुढा मगरले मगरहरु सँस्कृतिका धनी भएको बताउनुभयो ।
उहाँले मगरहरुको रितिरिवाज, चालाचलन, बोलीचाली, भेषभुषा अरु जातजातीको भन्दा भिन्नै भएको भन्दै सँस्कृतीको धनी नै मगर भएको बताउनु भयो । उपाध्यक्ष बुढा मगरले पछिल्लो समय मगर सँस्कृती नै लोप हुने अबस्थामा पुगेको बताउनु भयो ।
मगर सँस्कृतीको संरक्षणमा सबै जुट्नु पर्ने भन्दै उहाँले त्यसका लागी तालिम, गोष्ठी, लगाएतका कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो । यस्तै नेपाल मगर संघ जिल्ला समिति सल्यानका अध्यक्ष कलीराम घर्ति मगरले मगरहरुको सँस्कृतीको संरक्षण गर्नका लागी मगरात भाषा प्रशिक्षणको आयोजना गरेको बताउनु भयो ।
उहाँले जिल्लामा आधा भन्दा बढि मगरहरु रहेको बताउदै अब ती मगरहरु सबै एकजुट भएर मगर सँस्कृतीको संरक्षणमा लाग्न आग्रह गर्नु भयो । नेपाल आदिवासी जनजाति हकहित संरक्षण समिति कांरागिठी र नेपाल मगर संघ गाउँ समिति कांरागिठी सल्यानको आयोजना तथा नेपाल मगर संघ जिल्ला समिति सल्यानको सहजिकरणमा उक्त प्रशिक्षण कार्यक्रमको शुरु गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा मगर कर्मकाण्ड प्रशिक्षण अठार मगरात भाषाको बारेमा जानकारी दिईने आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रममा काभ्रा, लक्ष्मीपुर, छाँयाक्षेत्र, फलाबाङ लगायतका गाविसहरुका मगर मगरहरुको उपस्तिथि रहेको छ ।।