इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । नेपाल पत्रकार महासंघ दाङशाखाको अध्यक्षमा सविन प्रियासन विजयी भएको छन् । उनले सयुक्त प्यानलबाट उम्मेदवारी दिएका प्रियासनले आफ्ना प्रतिद्धन्दी दुर्गालाल केसीलाई भारी मतले पछाडी पार्दै विजयी भएको हुने । प्रियासनले १४९ मत प्राप्त गरेका थिए भने केसीले ९१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महासंघको उपाध्यक्षमा १८१ मत प्राप्त गरेर डिल्ली मल्ल विजयी भएको छन् । उनका प्रतिद्धन्दी राध्यश्याम गुप्ताले ५३ मल प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा लीला शाह १६९ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्धन्दी रञ्जिता शर्माले ६९ मत ल्याएकी थिइन् ।
त्यस्तै सचिवमा भुपेन्द्र वली १३८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी निमुसंगम घर्तीले १०९ मत ल्याएका थिए । त्यस्तै सहसचिवमा गोकर्ण पौडेल १७३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी गणेश आचार्यले ६४ मत ल्याएका थिए । महिला सहसचिवमा सर्मिला डिसी १३९ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्धन्दी रेखा मगरले ९७ मत ल्याएकी थिइन् ।
उपाध्यक्ष मल्ल (बाँया), महिला उपाध्यक्ष शाह (दाँयाँ)
त्यस्तै कोषाध्यक्षमा आरके शितल १४७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्धन्दी ओपेन्द्र वस्नेतले ९२ मत ल्याएका थिए ।
त्यसैगरी खुल्ला सदस्यहरुमा जनक नेपाली (१६१), पाण्डव शर्मा (१५५), सुवास डिसी, (१५०), राकेश वस्नेत (१३७), भरतराज शर्मा (१२३), नारायण भण्डारी (१३५), केशरमान विसी (१२४), लीलाधर वली (११६) मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै महिला सदस्यहरुमा सविता चौधरी (१११), जनजाति सदस्यमा प्रेमविवश घर्ती (१३१) र मधेसी सदस्यमा देव यादव (१४७) मत ल्याएर विजयी भएका छन् । यी विजयी पदाधिकारीहरुमध्ये लीलाधर वली वाहेक अन्य सबै सयक्त प्यानलका हुन् ।
सविच वली(बाँया), कोषाध्यक्ष शितल (दाँयाँ)
त्यसैगरी केन्द्रय सभासदहरुमा विपुल पोख्रेल, सुदीप गौतम, अर्जुन गिरी, उदय जीएम, नरेन्द्र केसी, सन्तोष सुवेदी, केएल पीडित, सुर्दशन रिजाल, सुलोचना गौतम, देवीराम कुसारी, प्रकाश चौधरी, सुशील वस्नेत, छविलाल कोपीला, हेमराज शर्मा, नारायणी रजौरे, वंशीकुमार शर्मा, सुरेशसुमन डाँगी, लक्ष्मी आचार्य, जेएन सागर, केपी घिमिरे विजयी भएका छन् । २० जना पार्षदमध्ये जेएन सागर र लक्ष्मी आचार्य दुर्गालाल केसी प्यानलका हुन भने अन्य सबै सयुक्त प्यानलका हुन् ।
महिला सहसचिव डिसी (बाँया), सहसचिव पौडेल (दाँयाँ)
यी पदाधिकारीहरु महासंघको दशौ अधिवेशनको शुक्रवार भएको मतदानबाट निर्वाचित भएका हुने भने शनिवार अर्थात अधिवेशनको पहिलो दिनबाटै ६ महिला केन्द्रीय पार्षद, एक अपाङग आरक्षण कोटा र एक दलित कोटाबाट गरी दुई कार्यसमिति सदस्य, ३४ प्रदेश पार्षादहरु निरविरोध निर्वाचति भइसकेका थिए ।
यसरी निर्विरोध हुनेहरुमा अपाङगताको कोटाबाट शिव घर्ती र दलित कोटाबाट नविन अभिलाशी रहेका छन् । उनी दुबैजना सयक्त प्यानलका हुन् ।
त्यस्तै प्रदेश पार्षादहरुमा नारयण शर्मा विवश, उदय बीसी, जीवन नेपाली, गणेश ओली, सन्तोष अधिकारी, डिल्लीबहादुर रावत, महेश रिजाल, युगराज पोख्रेल, चुमा आचार्य, ज्योति शर्मा, दशरथ घिमिर , ऋषिरज पोख्रेल, शिवरज पन्थी, टोपबहादुर जिसी, तुलसीराम सुवदी, उज्ज्वल आचार्य, सन्तो ष खनाल, विमल योगी, लोकराज साधक, पुरन चौधरी, लो कराज पराजुली, चेतन रेग्मी, गोपाल शर्मा भट्टराई, शरद र ेग्मी, लक्ष्मीमान चौधरी, लक्ष्मण बस्नेत, नारायण खड्का, बालाराम खड्का, मुक्तिबाबु र ेग्मी, रोशनमान श्रेष्ठ, योगेन्द्र बस्नेत, टेकबहादुर के सी, निराश पाण्डे र शालिकराम डाँगी रहेका छन् ।
