ध्रुवराज न्यौपाने
फागुन १३ दाङ नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेतीले नेपाली चलचित्रलाई माथि उठ्न नदिनको लागि आफ्नो चलचित्रलाई मल्टिप्लेक्समा लाग्न नदिने षडेन्त्र भईरहेको बताए । चलचित्र पत्रकार संघ दाङले शुक्रवार घोराहिमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो कु्रा बताएका हुन् । नायक उप्रेतीले मल्टिप्लेक्समा फिल्म लगाउनको लागि हिन्दी चलचित्र र अन्य थ्रिएटरमा काम गर्ने कलाकारहरु हावि भएको बताए । सबैले नेपाली चलचित्र क्षेत्रको सफल नायकको रुपमा आफुलाई मानिरहदा समते आफ्नो फिल्म मल्टिप्लेक्समा नलाग्नु दुखद रहेको उनले गुनासो गरे ।
3सिगंल थ्रिएटरका बादशाहका रुपमा परिचित निखिल को फिल्मलाई किन मल्टिपिलेक्स हलमा लाग्न दिईदैन त भन्ने पत्रकारको प्रश्नमा उनले नेपाली चलचित्र उद्योगलाई बलिउडको तुलनामा कमजोर बनाउन र मल्टिपिलेक्समा सधै बलिउड चलचित्रलाई माथि भएको देखाउन यस्तो चलखेल भईरहेको आरोप लगाए । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एक्सन नायक उप्रेतीले फिल्म बाट शिक्षा पाउने नभएर मनोरञ्जन प्राप्त गर्नुपर्ने उल्लेख गरे ।
1प्राय मानिसहरुबाट त्यो फिल्मबाट के शिक्षा पाईन्छ र ?,किन त्यसको फिल्म हेर्ने भन्ने खालका कुराहरु आउने र यस्तो कुरामा आफ्नो विल्कुलै फरक मत रहेको उनले तर्क गरे । उनले शिक्षा आर्जन गर्नका लागि विद्यालय जानुपर्ने उल्लेख गर्दै थ्रिएटरमा जानु भनेको विशुद्ध मनोरञ्जन प्राप्त गर्न हो यदि कसैले फिल्म हेरेर केहि शिक्षा चाहान्छ भने फिल्म हलमा नभएर विद्यालय जानु पर्ने उनले दोहो¥याए ।
यस्तै आज भोली कलाकारहरु राजनितिमा होमिरहेको परिस्थितीमा तपाईको इच्छा के छ भन्ने प्रश्नमा उनले राजनिति मा प्रत्यक्ष रुपमा अहिले सामेल नहुने तर आफुले राजनितिक घटनाक्रमलाई फिल्मको माध्यमबाट उतार्ने बताए । चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन सदस्य दिपक कुमालले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव सन्तोष केसीले गर्नुभएको थियो ।