इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । आजदेखि तीन दिनसम्मका लागि दाङको धार्मिक पर्यटकीय क्षेत्र धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर परिषरमा शिवरात्री मेला शुरु भएको छ ।

indहरेक वर्ष शिवरात्रीको समयमा लाग्ने मेला यो वर्ष फागुन १२, १३ र १४ गते सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

तीन दिनसम्म लाग्ने धारापानी मेलालाई सुरक्षित र स्वार्धपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि करीव एक सय सुरक्षाकर्मी र एक सय स्वयम सेवक परिचालन गरिएको छ । साथै सो अवधिमा सो क्षेत्रलाई मदिरा रहित घोषणा गरिएको छ ।

images (1)महोत्सवमा स्थानीय क्लवले संस्कृतिक कार्यक्रम पनि देखाउने कार्यक्रम भएको बताइएको छ । यसवर्ष मन्दिर वाहिरबाटै पुजा गर्ने व्यवस्था गरिएको छ । जसका लागि मन्दिरका तीन वटा ढोका खुल्ला राखिएको छ ।