दाङ, ११ फागुन । प्याब्सनको हालै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट दाङका सरिता देवकोटा सहभोषाध्यक्षमा निर्वाचित भएकी छन् ।महाधिवेशन अन्तर्गत मंगलवार भएको निर्वाचनमा भारी मतले देवकोटा सहकोषाध्यक्षमा विजयी भएकी हुन् ।

sharita devkotaकूल मत एक हजार ६ सय १५ रहेकोमा पाँच जना प्रतिस्पर्र्धीमध्य सर्वाधिक ९ सय २१ मत लिएर विजयी भएकी हुन् । देवकोटा यस अघि पनि दुई पटक केन्द्रीय सदस्य भएर काम गरिसकेकी छन् ।

विभिन्न शैक्षिक संघसंगठन र महिलाको क्षेत्रमा लामो अनुभव बटुलेकी देवकोटाले आफूलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् । यसैबीच दाङका लम्बोधर लामिछाने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।