गोविन्द खड्का
घोराही, ११ फागुन । मोटर साईकलमा सवार दाङ क्षेत्र न तिनका सांसद राजुखनाल गत मंगलवार दिउसो भण्डारी नास्ता पसलमा छिर्नुभयो । त्यस अघिनै चिया पसल भित्र हुनुहुन्थ्यो खनालका निकटतम प्रतिदोन्द्धी लक्ष्मण आचार्य ।
दुवैले उठेरै गरेको आपसी शिष्टाचार प्रतिस्पर्धीको असल व्यवहार थियो । त्यस पछि दुवै नेताहरु आफ्नो कर्मतिरै मोडिए । राजनीति र विकास निर्माणका कुरा उठाए । दुवैतिरका कार्यकर्ताहरुले थपथाप गर्थे । माहौल सुन्नलाईएक र महत्वपुर्णमा बदलियो । नास्ता खान आएकाले पनि चासो दिए ।
संविधान संसोधन र चुनाव घोषणाको विषय पहिलो प्राथमिकतामा परेको थियो । सरकारको मुख्य सहयात्री दल कांग्रेशको प्रतिनिधित्व गर्दै खनालले माघ सात गते सम्म निकास निश्कने खबर सुनाउनुभयो । त्यस अघि आफुल केहि भन्न नसक्ने जानकारी गराउनुभयो । निरीह पदमा आसिन जस्तै लाग्थ्यो । उहाले भन्नुभयो ‘लुकाउनु के छ र हामि त उहि सही छाप लगाउने मात्रै हो ।’
संविधान संसोधन गर्न यो संसदले पाउदैन किन यसमा अल्झीएको छ ? प्रमुख प्रतिपक्ष दल एमालेका नेता आचार्यको समुह बाट प्रश्न सोधियो । खनालले भन्नुभयो, अहिलेको संसदलाई प्रादेशिक जिम्मेवारी छ । प्रदेश सभाको काम गर्न सक्छ । राजधानी तोक्ने लगाएतका विषय प्रदेश सभाको बहुमतले टुंगाउने हो ।
त्यसैमा थपियो पाच नम्बर प्रदेश किन टुक्राउन खोजेको ? यसमा कांग्रेश कार्यकर्ता पनि सहमत छैनन् । खनालले भन्नुभयो ‘मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने संघियता चाहिएको छैन । यहि पाच प्रदेश ठिक छ ।’ उहाले थप्नुभयो ‘धर्मको बारेमा उहिल्यै नेताहरुले चार तारा मध्य एउटाको अर्थ धार्मिक स्वतन्त्रता भनेका थिए । अहिले पनि त्यहि अडान लिएको छु ।’ उहाका अनुसार सांसदको भुमिका नेताहरुले गरेको निर्णयमा ल्याप्चे लगाउने हो । कांग्रेश नेता चन्द्र भण्डारीले राजनीनामा दिने धम्की भोट कमाउन उपाए मात्रै हो । कसैले पनि पाटि छोडेर जान सक्दैन । मतदाता नभाडिउन भनेर बोलिहाले पनि पार्टि नीति भन्दा बाहिर जादैनन् ।
उहाले दंगालीको सोचमा भने दरिद्रता रहेको टिप्पनी गर्नुभयो । अहिल्यै उप महानगर पालिका चाहिन्छ भन्नु गलत थियो । २०३५ सालमा स्थापना भएको घोराही नगरपालिका देशकै दोश्रो तेश्रो स्थानमा उत्कृष्ठ हुन्छ । सवारी कोट, हात्तिखर्क, बुढाकोट मौलाकोटमा बत्ति, विजुली, सडक र खानेपानी केहि पनि पर्याप्त सुविधा दिन सकेको छैन । अहिले फैलिएको महानगरले कहिले अबसर पाउला ? उहाको चिन्ता थियो हामि उपमहानगर वासि भनेर थपिएकाले कसरी महशुस गर्लान ? बरु उप नभएको भए एउटा भएपनि चुनाव क्षेत्र बढ्थ्यो र राजधानी बनाउन सजिलो गर्दथ्यो । अलि साना संघिय संरचना बनाएको भएपनि हुन्थ्यो ।
अरु जिल्लामा संरचना थप्नुपर्छ कम भयो भनेर आन्दोलन चले । विडम्बना दांगमा १३ बाट दशमा झारेर सिफारीस गरियो । संघियता सहजता नहुने आधार तयार भएको छ यसैलाई उल्टो बुद्धि भन्नुपर्छ ।
आएको सबै वजेट खर्च अहिले पनि हुदैन । असार मसान्तमा करोडौ बजेट फ्रिज हुन्छ । अर्थ मन्त्रि कृष्ण बहादुर महरा अर्थ सचिव शान्तराज सुवेदि दंगाली नै छन् । विकास गर्न सक्ने प्रशस्त अबसर छ । समस्या छ संरचनाको । प्रकृयामा जाने हो भने एउटा नाम सच्याउन ६ महिना धाउनु पर्छ । नेपालको सरकारी संरचनाको बारेमा जानकारी गराउदै खनालले भन्नुभयो, ‘यहा“ को सिष्टम नै मिलेको छैन’ उहाले थप्नुभयो, ‘कहिले काहि लाग्छ पुराना आधा कर्मचारी हटाईदिने ।
बाकि रहेकालाई राख्ने र चाहिने जतिलाई करारमा नियुक्ती गर्ने । त्यसो भए यस्तो तमासा हुदैन ।’ उहाले हरेक पटक जिल्लामा आउदा कटुवा खोलाको पुलका बारेमा चासो राखेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास, सडकका प्रमुख र ठेकेदार संग पटक पटक छलफल गरेपनि कहिले पानीले पाईप उठाईन, कहिले विद्युतले पोल निकाल्दैन, कहिले नया डिजाईन आएको छैन । यस्तै झञ्जटिलो प्रकृयाले समय खाएको छ ।
सांसद भएर फाईल वोकि न हिन्ने हो भने कर्मचारी टेर्दै टेर्दैनन् । पिए लाई खरदारले टेर्दैन । तोक लाउन पनि माथि बाट तल र तल बाट फेरी माथि सम्म लैजानुपर्छ । सर्वसाधारण जनताले सेवा लिनै नसक्ने वातावरण छ ।
त्यस संगै गिटि वालुवाको रोकावटले पनि समस्या ल्यायो । यो सहज नहुदा सम्म थप विकासे योजना पुरा हुदैनन् । देश भरमा खोलानाला निकासी खुला गर्नुपर्छ । सरकारले भारत तिर दिन लाग्यो रे भनेर सोधियो, ‘त्यसो त पत्रकार कांग्रेश एमाले माओवादि छन् त्यसैले पत्याईहाल्न सकिन्न ।’ खनाले सरकारको वचाउ गर्दै भन्नुभयो, केहि नभएर त नआउनु पर्छ ।
विकास र बन जंगल नदिनाला सबै दुरुस्तै चाहियो भन्नु खोचे थाप्नु हो । बाटो बनाउदा रुख हटे खाली डाडोमा दोब्बर रोपे हुन्छ । विकास गर्दा एकिकृत रुपमा लैजानुपर्छ । विद्युतले पोल नउठाउने, खानेपानीले पाईप ननिकाल्ने, अफिसले डिजाईन नदिने ठेकेदारलाई गालि मात्रै खुवाउने हुन्न ।
अनि फेरी हेराहेर गरेर मुश्कुराए । चनावी दौडधुपको झल्को आएको हुनुपर्छ । खनालले थप्नुभयो, ‘उतिखेर चुनाव जित्दा केही था पाईएन । जोश थियो । संसद भएदेखिन त जे गरेपनि हुन्छ होला भन्ने लाग्थ्यो । उहाले नसकेको कामको उदाहरण सहित थप्नुभयो, ‘कटुवा खोलाको पुल बनाउन लागेको अढाई बर्ष देखि उस्तै छ । अझै बेरिङहाल्न डिजाईन आईन भनेको छ । पुलको काम त सकिन्छ । तर बाटो भन्नै नसकिने भयो ।’ तिमिले जीतेको भए पनि के पो गर्दथ्यो होला भन्ने लाग्यो होला । अनि आचार्यलाई पनि कुरामा चित्त बुझेको हुनुपर्छ । थप तर्क वितर्क चलेनन् । भेटभएकोमा खुशि व्यक्त गर्दै हातमिलाएर बिदा भए ।
