दाङ, फागुन ११ । कमलरी विषयवस्तु रहेको चलचित्र लावाजुुनीको छायांकन संपन्न भएको छ । गत फागुन २२ देखि शुरु भएको लावाजुनीको छायांकन बुधबार सकिएको लेखक तथा निर्देशक केएल पीडितले बताउनु भयो ।

चलचित्र लावाजुनीले थारु समुदायका बालिकाहरुको मुक्ति र शिक्षाको मुद्दालाई सशक्तढंगले उठाएको निर्माता समेत रहनुभएका निर्देशक पीडितले बताउनु भयो ।

labajuni

लावाजुनीमा छविलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वली लगायतका स्थानीय कलाकारहरुको अभियनय रहेको छ । चलचित्रमा संगीत संतोष श्रेष्ठको रहेको छ भने कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी र कोमलसरी घर्तीको रहेको छ ।

लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुनुहुन्छ भने निर्माताहरुमा बसन्तराज भट्ट र रिना खड्का हुनुहुन्छ । उच्च प्रविधिमा खिचिएको लावाजुनीको सम्पादन कार्य शीघ्र प्रारम्भ हुने कार्यकारी निर्माता बस्नेतले बताउनु भयो ।