गोविन्द खड्का
घोराही । फोहर व्यवस्थापनमा सहयोग गरेको नगरविकास कोषले घोराहीमा अपेक्षा गरेभन्दा राम्रो देखेको बताएको छ । विहिवार भएको सरोकारवाला संगको छलफल एवं समिक्षाका क्रमम नहौसिन सुझाव दिएको हो ।
‘राम्रो भएको छ । एकदमै खुशि लाग्या छ’ नगरविकास कोषका नारायण कुमार विसीले थप्नुभयो, ‘न हौसिनु । नो ल्याण्डफिल साईट अबधारणा आएको छ ।’ उहाले फोहरको मात्रा सुन्यमा झार्न आग्रह गर्नुभयो । त्यसका लागि बैकल्पीक उर्जा संग सहकार्य गरेर अघि बढ्न सुझाव दिनुभयो ।
फोहर मैला व्यवस्थापन प्राविधिक विकास केन्द्रका बित्तीय डिभिजन प्रमुख योगेश शाक्यले परियोजनाको सिमित घेरा भित्र नरहन आग्रह गर्नुभयो । ‘फोहर उत्पादन गर्नेले आर्थिक भार र नैतिक जिम्मेवारी बहन गर्नुपर्छ’ प्रमुख शाक्यले भन्नुभयो, ‘गाडि छैन लिनुस्, तालिम छैन दिनुस्, कम्पोष्ट विन छैन थप्नुस् तर फोहरको मात्रा घटाउनुस् ।’ उहाले दुईतिन बर्षमा फोह घटाउन नसके चार पाच बर्षमा काठमाण्डौ जत्तीकै घोराही दुर्गन्धित शहर बन्ने चेतावनी दिनुभयो ।
खुला क्षेत्र सफा हुनु पर्ने टोलिले सुझाव दिएको छ । शहरमा नाला बन्द भएको, खाली जमिनमा फोहरको रास लागेको देख्न नचाहेको लगानी कर्ताले बताएका छन् । त्यसलाई सुधार्न आवश्यक साधन मागी पठाउन सुझाव दिए । ‘खुला ठाउ“, मुख्य शहर सधै सफा हुनुपर्छ’ प्रमुख शाक्यले सुझावमा भन्नुभयो ‘विदेशी आउदा मुख्य र सहायक सडकमा फोहर नदेखुन ।’ उहाले प्रगति देखाउन गल्ने नगल्ने फोहर विसर्जनका साना साना तथ्यांक पनि संकलन गर्न आग्रह गर्नुभयो ।
आफुहरु प्रगति कति भयो ? थप सहयोग के गर्नुपर्ने हो ? भन्ने बुझ्न आएको टोलिले जानकारी दिएको छ । सहभागिहरु बाट उपलब्धी र अबस्थाका बारेमा जानकारी लिएको थियो । गुट्खा पुकारका खोस्टा हटाउन नसकिएको, अटेर गर्नेलाई नगरपालिकाले कार्वाहि गरी अभियान्तालाई अभिवावकत्व दिनुपर्ने, सबै वडामा निश्चित समयमा पुगेर प्लाष्टिक जन्य फोहर उठाउनु पर्ने लगाएतका माग राखेका थिए । नमुना कार्य हेर्न अवलोकन भ्रमणको कार्यक्रम मिलाउन सुझाव दिए ।
नगरपालिकाले गरेको प्रगतिका बारेमा शाखा अधिकृत एवं ओविएका फोकल पर्सन सुवोध रेग्मीले जानकारी गराउनुभएको थियो । कार्यक्रम लागुभएपछि सबैको घरमा चित्तबुझ्दो उनिहरु सन्तुष्ट हुनेगरी काम गर्नुलागेको बताउनुभयो । घोराही १० मा दुई हजार सातसय आठ र ११ मा पा“च हजार सात घरमा दैनिक सेवा दिएको जानकारी गराउनुभयो । मासिक एक पटक पुगेर घोराही ६ मा तिस प्रतिशतलाई सेवा दिन सकेको जानकारी गराउनुभएको थियो । सेवाको गुणस्तर बढाउन लागेको उहाको भनाई थियो । ‘आवश्यक घरमा तालिम दिएको छ’ शाखा अधिकृत रेग्मीले भन्नुभयो ‘नगरपालिकाको नाम लिदै विरोध गर्ने मानसीकताका बाहेक अरुको नजरमा सुधार भएको छ ।’ उहाकाक अनुसार घोराहीमा दैनिक १४ टन फोहर उत्पादन हुन्छ । आधा टन कम्पोष्ट विन मा र आधा पुनः प्रयोगमा गएर १३ टन डम्पिङसाईटमा पुग्छ ।
त्यसक्रममा बैंक रोडको रोजा कलेक्शन लगाएत केहि अटेरहरुका फोहर सहितका फोटा देखाईएको थियो । उनिहरुले सुचना दिएको केहि मिनेटमै उलंघन गरेको बताईएको थियो । सब्जी मण्डि र जनचेतना टोलमा गल्ने र नगल्ने फोहर फरक दिनमा उठाउन थालेको । सेवारखोला नया वसपार्क नमुना बन्दै गरेको र उन्नती टोलमा धेरै कम्पोष्ट विन वितरण गरेको जनकारी गराईएको थियो । सबै भन्दा सुन्दर पक्ष नगरवासी आफैले फोहर उठाएर गाडिमा हाल्छन् । शहिद लखन पार्क उत्तरका धेरै टोलहरु र पिपलवुटा, गौतमनगर अस्पताल अघिल्लो पक्तिमा छन् ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले आफु झाडु लाउदै हिडेको जानकारी दिनुभयो । पाक्षिक सरसफाईमा अफिसका सबै कर्मचारी सहित सबैको सहयोगमा टोलटोल पुगेको उहाको भनाई थियो । त्यस क्रममा ठुला मान्छेहरु हात बाधेर ठालु बनी टुलु टुलु हेर्ने, अग्ला घर भएका महाजनहरुले छद बाटै फोहरका पोका सडकमा फाल्ने, चार पाच तला बाट बढार्दै ल्याएको कसेर केचरा घर अगाडि थुप्रो लगाउने जस्ता घृणित काम भएको बताउनुभयो । ‘म आफै सन्तुष्ट छैन’ प्रमुख सापकोटाले भन्नुभयो, ‘महलमा बस्नुहुन्छ फोहर घर अघि थुपार्नुहुन्छ । मनिङ वाक गर्नेले दुनियाको घरको फोहर हेर्नुपर्छ । चिन्तीत छु कसरी हटाउने ?’ उहाका अनुसार मान्छेको अगाडि पिच सडकमा खुलेआम फोहर फाल्ने चलन घोराहीमा जत्तिकै अन्त छैन ।
गल्ने फोहरको व्यवस्थापन कस्तो छ ? ल्याण्डफिल साईटको अबस्था कस्तो छ लगाएतको अध्ययन गर्न टोलि बिभिन्न क्षेत्रमा पुग्ने भएको छ । त्यहा“का फोहर व्यवस्थापन र नगरवासिको आनीवानी हेर्ने छ । त्यहि अनुसार आगामि बजेटको व्यवस्था गरीने आर्थिक सहयोगको जिम्मा लिएको नगरविकास कोषले बताईएको छ । कार्यक्रममा राजनीतिक दलका बोर्ड प्रतिनिधि, वडा नागरीक मञ्च र सरसफाइ समितिका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
