इन्द्रेणी संवाददाता
घोराही, १० फागुन । मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल राप्ती समिति गठन भएको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल केन्द्रीय अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सोमवार सम्पन्न भेलाले सुनिल पोख्रेलको संयोजकत्वमा राप्ती समिति गठन गरेको हो ।

16831397_1354360457960623_1450206412_nसमितिको सहसंयोजकमा आदिम केसी, सचिवमा राजेन्द्र गौतम, सहसचिवमा केशरमान विसी, कोषाध्यक्षमा सीता गैरे, सदस्यहरुमा नारायण पौडेल अमर खड्का बालमिकी देवकोटा र प्रेम योगी रहेका छन् ।

16837946_1354360404627295_1905519445_nत्यसैगरी सञ्जालको पहिलो बैठकले सल्लाहकारहरु पनि चयन गरेको छ । जसमा नारायण नेपाल, पूर्ण भण्डारी पङकज, टीकाराम उदासी, पुरुषोतम खनाल, चन्द्रबहादुर थापा, हुकुम बुढाथोकी र अम्विकाप्रसाद डाँगीलाई सल्लाहकार चयन गरेको छ ।

सोमवार घोराहीमा भएको मानव नेपाली वर्णविन्याससम्बन्धी गोष्ठीमा सञ्जालका केन्द्रीय अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले पछिल्लो समयमा मानक नेपाली वर्णविन्यासको अवस्था कम्जोर हुँदै गएको बताएका थिए । उनले मानक नेपाली वर्णविन्याससम्बन्धी कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समयमा नेपाली भाषाको वर्णविन्यास विग्रदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसमा सजक हुनुपर्ने आवश्यकता औल्याएका थिए ।