दाङ, ८ फागुन । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरको अध्यक्षमा रामबहादुर दहित ‘अञ्जान’ चुनिनुभएको छ । माओवादी केन्द्र तुलसीपुर उपमहानगरको सम्मेलनले दहितलाई अध्यक्षमा चयन गरेको हो ।

महानगरको उपाध्यक्षमा चित्रबहादुर खड्का ‘अनुपम’, सचिवमा तुलसी थापा, सहसचिवमा शिवानन्द डाँगी र कोषाध्यक्षमा सीता ओलीलाई चयन गरेको छ ।

त्यस्तै, सम्मेलनले ७८ सदस्यीय उपमहानगर समिति गठन गरेको छ । तुलसीपुर उपमहानगरको सम्मेलनसँगै नेकपा (माओवादी केन्द्र)ले जिल्लाभरिका सबै गाउँपालिका, नगरपालिका र उपमहानगरका सम्मेलनहरु सम्पन्न गरेको हो ।