इन्द्रेणी संवाददाता
दाङ, ८ फागुन । दाङका स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्य ऐनको दफा ९ (ख) को कार्यान्वयनको माग गर्दै विभिन्न सात ट्रेड युनियनमा आवद्ध स्वास्थ्यकर्मीहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।

indकर्मचारीहरु आन्दोलनमा उत्रिएपछि आजदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको कामकाज अनिश्चितकालिन बन्द भएको उनीहरुले बताएका छन् । आन्दोलित कर्मचारीहरुले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयमा आन्दोलनका कार्यक्रमसहितको ज्ञापनपत्र पठाएको उनीहरुले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनीहरुले आफना मागहरु पूरा नहुँदासम्म जनस्वास्थ्यको कामकाज ठप्प पारेर धर्ना वस्ने, प्रत्यक दिन कोषसभासहित जुलुस गर्ने, स्वास्थ्य सेवा दिवस वहिस्कार गर्ने, स्वास्थ्य संस्थाबाट इमरजेन्सी उपचार, क्षयरोग र संस्थागत सुत्केरी सेवावाहेक सबै खोप तथा गाउँघर क्लीनिक, ओपिडी तालिम गोष्ठी, नियमित बैठक बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

स्वास्थ्य ऐन ९ (ख) मा सेवामा रहदा वढुवा भएका कर्मचारीहरुलाई त्यो पोष्टअनुसार पदस्थापन गर्नुपर्ने भएपनि सरकारले वढुवा भएको तहको तलव, काम कर्तव्य दिएको तर त्यो तहमा पदस्थापन नगरेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालकाकुमार न्यौपानेले जानकारी दिए ।

DSCN1115