सुवास डिसी
तुलसीपुर- प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दल तुलसीपुर नगर समितिले शनिवार वेलुकी तुलसीपुर स्थीत विपि चोकमा दिप प्रज्वलन गरेको छ । तरुण दलका नगर उपाध्यक्ष सुरेन्द्र राठोरको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा वोल्ने वक्ताहरुले प्रजातन्त्रको रक्षार्थ युवा पुस्ताहरु जिम्मेवार भएर प्रजातन्त्रका शिद्धान्तलाई आत्मसाथ गर्दै अघि वढ्नुपर्नेमा जोड दिएका छन् ।

candle-light-4कार्यक्रममा कांग्रेस क्षेत्र नम्वर ४ का सभापति जगत वहादुर खड्का, क्षेत्र नम्वर ५ का कार्यवाहक सभापति घनश्याम ढकाल, कांग्रेस जिल्ला सदस्य सुरेन्द्र खड्का, तरुण दलका जिल्ला अध्यक्ष टिका घर्ति, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खराल, तरुण दल क्षेत्र नम्वर ४ का अध्यक्ष रमेश मल्ल, नेसंवि जनता विद्यापिठ विजौरी कर्मचारी संघका सचिव दुर्गा प्रसाद देवकोटा, नेविसंघ जिल्ला सहसचिव जितेन्द्र प्रकाश वली, नेविसंघ क्षेत्रिय अध्यक्ष तेजेन्द्र हमाल, तरुण दलका बिर्जुनाथ योगी, विवेक मल्ल, कृष्ण सागर वली, शंकर कडेल, रोहित न्यौपाने, नेविसंघका हरि विश्वकर्मा, चित्र वहादुर केसी, विजय डांगी लगायतले प्रजातन्त्र दिवशका विषयमा चर्चा गरेका थिए ।