दाङ, ८ फागुन । दाङको घोराहीमा माघ ३ गतेदेखि १० गतेसम्म सञ्चालन भएको महायज्ञबाट तीन करोड ६ लाख वचत भएको छ ।
घोराहीको पद्योदय पव्लिक नमूना उमाविको आयोजनामा प्राविधिक शिक्षाको स्तर बृद्धिका लागि आयोजन भएको महायज्ञमा तीन करोड ६१ लाख तीन हजार चार सय ३५ रुपैयाँ आम्दानी भएकोमा त्यसबाट खर्च कटाएर तीन करोड ६ लाख चार हजार ६ सय ५७ रुपैयाँ वचत भएको आयोजकले जनाएको छ ।
महायज्ञको आयव्य सार्वजनिक गर्दै आयोजकले महायज्ञ सफल पार्नका लागि अहोरात्र सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।