काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेद्वारी दर्ता गर्न ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । सोमबार हुने मतदानका लागि आज आइतबारदेखि प्रक्रिया सुरु हुन लागेको हो ।
मनोनयन दर्ता बिहान १० बजेपछि सुरु हुने र अध्यक्षका लागि मनोनयन दर्ता गर्नेले ५० हजार रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्ने राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
त्यस्तै सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । राप्रपाको अध्यक्षमा कमल थापा र प्रकाशचन्द्र लोहनीले उम्मेद्वारी घोषणा गर्ने बताइएको छ ।
