दीपक वोहरा
तुलसीपुर ७ फागुन । अखिल नेपाल यातायात मजदुर संघ दाङले प्यारालाइसिसबाट पीडित गाडी चालक रामु चौधरीलाई आर्थिक सहयोग गरेको छ ।
जिल्ला अध्यक्ष अशोक नेपालीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर–५ निबासी चौधरीलाई १० हजार रुपैयाँ सहयोग गरेको हो । संघका केन्द्रिय उपमहासचिब भरत भट्टराईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । संघले यस अघि चौधरीलाई ह्वील चियर सहयोग गरेको थियो ।
