दाङ, ६ फागुन । जिल्ला वन कार्यालय दाङमा कार्यरतका लागि आजदेखि घोराहीमा दुईदिने मानव अधिकार अनुशिक्षण कार्यक्रम शुरु भएको छ ।

dfdanagवन कार्यालयमा कार्यरत कर्मचारीहरुले काम गर्ने क्रममा उचित सुशासन र मानव अधिकार सुनिश्चिताका लागि गर्नु पर्ने कामका बारेमा जानकारी दिनका लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कानुनको कार्यान्वयन गर्ने क्रममा मुद्दाका आरोपित र कैदीहरुलाई मानवअधिकारको प्रत्याभूति गराई सहज तरीकाले न्याय दिनकालागि सहयोग गर्न तालिमको आयोजना गरिएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।

डाइनिस इष्टिच्यूट फर ह्यूमन राइट र काठमाण्डौ स्कुल अफ ल को आयोजनामा शुरु तालिमबाट सुशासन, मानवअधिकारको प्रत्याभूति र फौजदारी न्याय प्रणालीमा सुधार ल्याउन सहयोगी हुने परियोजनाका प्रतिनिधि राजेन्द्र पाण्डेले जानकारी दिए ।

तालिममा मानव अधिकार, मौलिक अधिकार र त्यसको अन्र्तसम्वन्ध, स्वच्छ सुनुवाई तथा मुद्धाको कारवाही सम्वन्धि ब्यवस्था र प्राकृतिक न्यायकको सिद्धान्त, फौजदारी न्यायको हक सम्वन्धि अवधारणा, यातना बिरुद्धको अधिकार र क्षतिपूर्ति सम्वन्धि ब्यवस्था, फरक क्षमता र अवस्थाका ब्यक्तिको अधिकार सम्वन्धि ब्यवस्था, हिरासतमा रहेका ब्यक्तिको अधिकार सम्वन्धि ब्यवस्थाका बारेमा तालिम दिइने सहायक वन अधिकृत हरिप्रसाद गौतमले जानकारी दिए । तालिममा जिल्ला वन कार्यालयका दुइ दर्जन बढी कर्मचारीहरु, सशस्त्र वन रक्षकहरुको सहभागिता रहेको छ ।