इन्द्रेणी संवाददाता
दाङ, ३ फागुन । दाङको घोराहीमा आजदेखि निर्वाचन क्षेत्र नं. ३ स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । भरतपुर मैदानमा शुरु भएको शिल्डको संसाद राजु खनालले उद्घाटन गरे ।
वालविकास मावि घोराही दाङको आयोजनामा शुरु भएको प्रतियोगिता उद्घाटन गर्दै सांसद खनालले खेल स्वस्थ्यका लागि फाइदा हुनुको साथै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने एउटा माध्यम भएको उल्लेख गर्दै यसमा राज्यलगायत सबैको लगानी हुन आवश्यक रहेको बताए ।
तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बोलेका थिए । फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा क्षेत्र नं. ३ का दुई दर्जनभन्दा वढी विद्यालयको सहभागीता छ । प्रतियोगितामा भलिवल, दौड, कवडीलगायत विभिन्न एथलेटिक्स सम्बन्धी खेल हुने आयोजकले जनाएको छ ।