भोजपुर, २ फागुन । बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुर नगरपालिका वडा नम्बर ७ र ८ का दुईजना पक्राउ परेका छन् । दश वर्षकी बालिकालाई बालात्कार गरेको भन्दै ४५ वर्षका पूर्णबहादुर कार्की र २५ वर्षका देवबहादुर गजमेरलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको परिवार स्वस्थानी ब्रतको साङ्गेमा व्यस्त भएको बेला कोठामा सुतिरहेकी बालिकालाई उनीहरुले बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाले आफन्तलाई खबर गरेकी थिइन् ।
पीडितले फागुन २ गते प्रहरीमा उजुरी दिएपछि पीडकलाई पक्राउ गरिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ ।