अहिलेसम्म ३८ दशमलव ३७ प्रतिशत मात्रै बजेट खर्च
दाङ, २ फागुन । दाङका पुल र सडकमा हुनुपर्ने जति प्रगती हुन सकेको छैन । चालु आर्थिक वर्षको आधाआधि समय वितिसक्दा पनि प्रगतिमा आधाआधि हुन सकेको छैन ।
चालु आर्थिक वर्षको ६ महिनामा जिल्लाका पुल तथा सडकमा विनियोजन भएको कुल बजेटको ३८ दशमलव ३७ प्रतिशत मात्रै बजेट खर्च भएको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
चालु आवमा जिल्लाका पुल तथा सडकमा विनियोजित ९७ करोड २० लाख ८७ हजार बजेटमध्ये अहिलेसम्म ३७ करोड २९ लाख ८१ हजार मात्रै खर्च भएको छ । बजेट खर्च न्यून हुनुका कारण निर्माण व्यवसायीको लापरावाही लगायत विविध कारण रहेको कार्यालयले जनाएको छ ।
