कपिलवस्तु, २ फागुन । कपिलवस्तुमा एक युवतीमाथि सामुहिक बालात्कार भएको छ । विवाहको टीकाटालोको तयारीमा रहेकी पकडी क्षेत्रकी ती युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

rep१७ वर्षिया ती युवतीलाई करीव ६ जनाको समूहले खेतमा लिएर बालात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारीमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेका थिए । ती युवतीको सोमबार मात्रै विवाहका लागि टीकाटालो गर्ने कार्यक्रम रहेको थियो ।

घटनामा ६ जना युवाको सहभागिता रहेको भन्दै दुई जनालाई पक्राउ गरिएको लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले जानकारी दिए । पक्राउ पर्नेमा पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद छन् । अन्यकोे खोजी भइरहेको प्रहरीले जनाएको छ ।