काठमाडौँ, २ फागुन । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा नेपाली काग्रेसका शेरबहादुर देउवाको ठूलो हात रहेको शंका व्यक्त भइरहेका वेला उनले आफ्नो कुनै हात नभएको स्पष्टिकरण दिएका छन् ।
आईजीपी नियुक्तिको विषयमा केही सञ्चारमाध्यमले आफ्नो नाम जोडेकोमा ध्यानाकर्षण भएको कांग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवाले जनाएका हुन् ।
आईजीपी नियुक्त गर्ने विषय नितान्त मन्त्रिपरिषद्को अधिकार क्षेत्र हो, आइतवार एक विज्ञप्ती निकाल्दै उनले भनेका छन्, ुत्यस विषयमा पार्टी सभापतिको नाताले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दछु ।
मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको भन्दै देउवाले जयबहादुर चन्दलाई आईजीपी बनाउन आफूले कसैलाई दबाब नदिएको भन्दै पन्छिने कोशिस गरेका छन् ।
कानुनअनुसार मन्त्रिपरिषद्मा नियुक्तिको अधिकार रहेको आईजीपी बनाउने विषयमा केही सञ्चारमाध्यमले नियोजित रुपमा देउवाको नाम जोडेर प्रकाशित गरेको समाचार झूटो, भ्रामक र कपोलकल्पित भएको यसै प्रेस नोटमार्फत स्पष्ट पार्न चाहन्छु,” सभापति देउवाका तर्फबाट उनका सहयोगी केशवराज जोशीले निकालेको विज्ञप्तिमा भनिएको छ ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा वरियता क्रममा तेस्रो नम्बरका जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उद्यपि सर्वाेच्च अदालतले यो निर्णय कायान्वयन नगर्न आदेश दिइसकेको छ ।
