घोराही, २ फाल्गुन प्रगतिशील पत्रकार संघ नेपाल दाङले नेपाल पत्रकार महासंघ दाङ शाखाको आसन्न अधिबेशनका लागि अध्यक्षको उमेद्धार अघि सारेको छ । संघको घोराहीमा सम्पन्न बैठकले केन्द्रीय महासचिव उदय जिएमलाई अध्यक्षको उमेदवार घोषणा गरेको हो । जिल्ला अध्यक्ष महेश रिजालको अध्यक्षता बसेको बैठकले फागुन १२ गते हुने पत्रकार महासंघ दाङको अधिबेशनमा जिएमको नेतृत्वमा चुनावमा जाने निर्णय गरेको हो ।

udaya gmबैठकले संघले घोषणा गरेको अध्यक्षको नेतृत्वमा सर्बसहमती जुटाउन तीन सदस्यीय बार्ता समिति पनि गठन गरेको छ । पत्रकार संघका पूर्व केन्द्रीय सचिवालय सदस्य इश्वरी भण्डारीको संयोजकत्वमा गठीत समितिमा जिल्ला अध्यक्ष महेश रिजाल र कोषाध्यक्ष नारायण भण्डारी सदस्य हुनुहुन्छ । समितिले पत्रकार महासंघको कार्यसमितिमा संघको सम्मानजनक उपस्थिति कायम गराउन विभिन्न सञ्चार संगठन सँग बार्ता गर्ने संयोजक इश्वरी भण्डारीले बताउनु भयो ।

पत्रकार महासंघको अधिबेशनको मिति नजिकिदैं गर्दा पत्रकारका संगठनहरुमा चुनावी माहोल बढेपनि दाङमा औपचारिक रुपमा अध्यक्षमा उमेदवारी घोषणा गर्ने प्रगतिशील पत्रकार संघ पहिलो संगठन हो । बैठकले पत्रकार महासंघ दाङ शाखाले साधारण सदस्य चेतबहादुर राहु मगरको सदस्यता खारेज गर्ने भन्ने सुन्नमा आएकोमा सो निर्णय तत्काल सच्चाउन माग गरेको छ ।

संघका साधारण सदस्य राहुको पत्रकार महासंघले प्रदान गरेको परिचयपत्र नविकरण भइरहेको, उहाँ विभिन्न सञ्चार माध्यममा क्रियाशिर रहेको भन्दै पूर्वाग्रही ढंगबाट निर्णय भएको ठहर गरेको छ । साथै बैठकले नयाँ सदस्यता सिफारिसमा पनि मनोमानी गरेको, नयाँ सदस्यहरु मध्य कस–कसलाई सिफारिस गरेको र पुराना मध्य कस–कसको सदस्यता खारेज गरियो भन्ने सम्बन्धीत ब्यक्तिलाई नै जानकारी नगराई सुचनाको पहुँचबाट बञ्चीत गराइएको भन्दै आपत्ति जनाएको छ ।

बैठकमा संघका केन्द्रीय महासचिव उदय जिएम, पूर्व केन्द्रीय सचिवालय सदस्य इश्वरी भण्डारी, जिल्ला सल्लाहकार चुमा आचार्य, उपाध्यक्ष बलदेव विक, सदस्यहरु कृष्ण प्रसाद आचार्य र ओम प्रकास गप्ताले पत्रकार महासंघको निर्वाचनका सम्बन्धमा धारण राख्नु भएको थियो ।।