इन्द्रेणी संवाददाता
दाङ, २९ माघ । दाङको घोराही नगरपालिका वडा नं. ५ नवलपुरमा सञ्चालित मध्यपश्चिम व्यापारिक तथा पर्यटन महोत्सवमा दर्शकहरुको आकर्षण वढ्दै गएको छ । महोत्सवको तेस्रो दिन शनिवार दर्शकहरुको भिड रहेयो ।
महोत्सवमा दिनभरजसो स्थानीय तथा केन्द्रीय कलाकाहरुले सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन दिदै आएका छन् ।
महोत्सवमा विभिन्न व्यापारिक स्टलहरु रहेका छन् भने रोटेपिङ, वालउद्यन, मौतको कुवालगायतका मनोरञ्जनका समाग्रीहरु रहेका छन् । नवजागरण नेपालको आयोजनामा सञ्चालित महोत्सव फागुन ९ गतेसम्म चल्नेछ ।
