keshab thapaआफ्नै हातबाट

चिल्पिरहेछ
यो समय।
घामको पहिलो किरणले
हराएको शीतजस्तो
इन्द्रेणी रहर बोकेर
कहाँ उक्लन सक्नु
त्यो मनको सगरमाथा ??
चरीजस्तै उडेर जान्छन्
निधारमा फुल्दै गरेका
पसिनाका फूलहरू।
वैभवका असिनाले
कामनाका हाँगा भाँचिन्छन्।
हेरिरहन्छु उस्को महानता
ताछिन्छ र पनि
उस्तै अटल ।
उस्तै अविरल ।
उस्तै अविचल।
भत्किएको पहराजस्तो आँखाले
के हेर्नुछ र ???
र,पनि
आशाको कलिलो मुना रोपेर
मुरी फलाउने संकल्प
उस्तै जीवन्त।
उस्तै उद्दात।।
उस्तै प्रदिप्त।।।
बगिजाने पानीजस्तो
धमिलो सम्झनाको झरीले
कति भिजाउला र मनका जरा???
16602701_1218438384937100_264427292325383087_nर,पनि
उस्तै एकाग्रता।
उस्तै व्यग्रता।।
उस्तै भव्यता।।।
कति हरिया वसन्त
फुत्किए होलान् हातबाट ???
र,पनि
उस्तै धैर्य ।
उस्तै सौम्य ।।
उस्तै सभ्य ।।।
हेरिरहन्छु
बस्
हेरिरहन्छु..