काठमाडौं, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालत र संसदमा चलेको बहसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मनोबल नगिर्ने विश्वास व्यक्त गरेकी छिन् ।
आयोगको २६ औं स्थापना दिवसको अवसरमा काठमाडौंको हलचोकमा आयोजित कार्यक्रममा अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको प्रशंगउनले यस्तो विश्वास व्यक्त गरेकी हुन् ।
आयोगको अध्ययन अनुसन्धानको क्षमतालाई समयसापेक्ष वैज्ञानिक बनाउन आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले वार्षिक प्रतिवेदनमा आयोगले राखेको सहयोगको अपेक्षा सरकारले पूरा गर्ने प्रतिवद्धता जनाइन् ।
