दाङ, २८ माघ । साहित्यकार आशिष ‘कल्पवृक्ष’को गजल संग्रह ‘शव्दशिखा’को समिक्षा गरिएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको नियमित कृति समिक्षा कार्यक्रमको १३७ औँ श्रृङखला अन्तर्गत शुक्रवार यो संग्रहको समीक्षा गरिएको हो ।
राप्ती साहित्य परिषद दाङ शाखाका कार्यवाहक अध्यक्ष खेमराज मल्लको अध्यक्षता तथा परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृतिको साहित्यकार छविलाल कोपिलाले समिक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार के.डी.शर्मा लगायतले मन्तव्य तथा रचना बाचन गरेका थिए
नागेन्द्र गुरुको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन जमुना धितालले गरेका थिए । परिषदको आगामी १३८ औँ श्रृङखलामा केबी मसालको यात्रा संस्मरण ‘देवघाटनदेखि मुक्तिनाथसम्म’को समिक्षा हुने भएको छ ।
