शरद रेग्मी
दाङ, २८ माघ । संविधानविद् निलाम्बर आर्चायले प्रदेशको अनुमति बिना सिमांकन हेरफेर गर्न नमिल्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले शुक्रबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा आचार्यले ५ नम्बर प्रेदशको सीमांकन हेरफेर गर्ने सरकारी प्रयास गलत भएको बताएका हुन् ।

n1संविधानविद् आचार्यले भने ‘प्रदेशको निर्वाचन नगरी सीमांकन हेरफेर गर्ने अधिकार संविधानले प्रदान गरेको छैन ।’ निर्वाचन नगरी सीमांकन हेरफेर र संशोधन गर्ने बाटो संविधानमा नरहेकोे उनले बताए ।

आर्चायले संविधान कार्यान्वयनमा लैजान निर्वाचन अपरिहार्य रहेको भएपनि दलहरुले बेइमानी गरिरहेको आरोप लगाए । उनले भने ‘निर्वाचनमार्फत ताजा जनादेश प्राप्त गरेपछि मात्रै संविधानको कार्यान्वयनमा सहजता आउने छ ।’

निर्वाचन नगराए लोकतन्त्र बलियो नहुने हुँदा निर्वाचनपछि प्राप्त हुने ताजा जनादेशले संविधानमा रहेका कमि कमजोरी संशोधन गर्न सकिने उनको धारणा थियो । आचार्यले संविधान अन्तर्गतका जनप्रतिनिधि निर्वाचित भएमा मात्रै सहिरुपमा संविधान कार्यान्वयन हुने दाबी गरे ।