घोराही २८ माघ । नेकपा एमाले दाङले जिल्लाका सबै गाउँर नगरमा घर दैलो गर्ने भएको छ । नेकपा एमाले दाङको बिहीबार घोराहमा सम्पन्न तेस्रो पूर्ण वैठकले आउँदो फाल्गुण २० गतेदेखि २७ गतेसम्म जिल्लाका सबै गाउँ र नगरमा घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको हो । सर्वसाधारण, सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, नागरिक समाज, शुभेच्छुक, नेता, कार्यकर्ता सबैसँग परामर्श गर्दै नेकपा एमालेले मुलुकको समृद्धि, स्वाभिमानका लागि सुरु गर्न लागि रहेको मेचीकाली विशेष राष्ट्रिय अभियानको बारेमा समेत जानकारी गराउने उद्देश्यले साता व्यापि अभियान सञ्चालन गर्न लागि रहेको एमाले दाङले जनाएको छ ।

uml Dangनेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षत्ता, एमालेका पोलिट व्यूरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यता एवं एमाले केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज मेटमणि चौधरीको विशष्ठ आतिथ्यतामा सम्पन्न वैठकले मेचीकाली विशेष राष्ट्रिय अभियान अन्तगर्त पार्टी क्षेत्र, नगर र गाउँ वैठक गर्ने, सबै क्षेत्रमा प्रशिक्षण गर्ने, जनसंगठनहरुको भेला, वैठक गर्ने निर्णय गरेको छ । यहीक्रममा फाल्गुण ७ र ८ गते घोराहीमा पार्टी केन्दं्रीय नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गर्ने, फाल्गुण १ गते देखि ५ गतेसम्म क्रमशः क्षेत्र नम्वर १ देखि ५ सम्म भेला गर्ने, फाल्गुण १० गते सबै गाउँ र नगरमा घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

एमालेले फाल्गुण २१ गतेदेखि पूर्वको मेचीबाट सुरु गर्न लागेको अभियान अन्तगर्त २९ गतेदेखि दाङमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत १ हजार बढी केन्द्रीय नेता कार्यकर्ताहरुलाई दाङमा स्वागत गर्न र कार्यक्रम व्यवस्थापन गर्नका लागि एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीको संयोजकत्वमा मुल व्यवस्थापन कमिटी, पार्टी अध्यक्ष टीकाराम खड्काको संयोजकत्वमा आर्थिक व्यवस्थापन कमिटी, उपाध्यक्ष हुकुम बस्नेतको संयोजकत्वमा जनपरिचालन कमिटी, सचिव हिराचन्द्र केसीको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटी, उपसचिव शुरामणि बेलबासेको संयोजकत्वमा प्रचारप्रसार कमिटी गठन गरिएको छ ।

केन्द्रीय अभियान अन्तगर्त दाङका विभिन्न शहरहरुमा सभाहरु समेत गर्ने तयारी एमालेले गरेको छ । वैठकले अनेमसंघका दुबै कमिटी विघठन गरी मिना गुरुङ अध्यक्ष, उपाध्यक्षहरुमा रेखा शर्मा, सुमित्रा राना, साजीदा सिद्दीकी, सचिवमा जानका रेग्मी, कोषाध्यक्षमा रमा भण्डारी, कार्यालय सचिव सुनिता विएम र अन्य सदस्य रहेको अनेम संघ जिल्ला कमिटी गठन गरेको छ ।
वैठकलाई सम्वोध गर्दै प्रमुख अतिथि पोलिट व्यूरो सदस्य भागवत विश्वासीले एमालेको केन्द्रीय अभियान भव्यरुपमा आयोजना गरिने र

यसका लागि सबै नेता कार्यकताहरुलाई परिचालन हुन निर्देशन दिए । विशिष्ठ अतिथि केन्द्रीय सदस्य मेटमणि चौधरीले केन्द्रीय अभियान कार्यक्रम अन्तगर्त दाङमा हुने सबै कार्यक्रमहरु देशकै नमूना बनाउने धारणा राखे । वैठकलाई एमाले नेता छविलाल वली, पूर्व अध्यक्ष नरुलाल चौधरी, पूर्व अध्यक्ष लक्ष्मण आचार्य, पूर्व सल्लाहकार परिषद्सदस्य नारायण आचार्य, केन्द्रीय सहकारी विभाग सदस्य घनश्याप पाण्डे, केन्द्रीय सामाजिक सेवा विभाग सदस्य विकिरण गौतम, केन्द्रीय संघीय विभाग सदस्य रामप्रसाद चौधरी, प्रदेश सदस्य टोपेन्द्र खत्रीलगायतकाले सम्बोधन गरेका थिए ।