दाङ, २७ माघ । राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी ज्ञानविक्रम शाहले राप्ती अञ्चलको शान्ति सुरक्षा कार्यम गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।
आज विहीबार तुलसीपुरमा पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा शाहले नागरिक र प्रहरीबीचमा समधुर सम्वन्ध भए मात्र अपराध नियन्त्रण उनको भनाइ थियो ।
भरखरै मात्र भागवाट सुरुवा भई दाङ आएका वरिष्ठ प्रहरी उपरीक्षक शाहले पत्रकार, नागरिक समाज र प्रहरीको काम समाजमा शान्ति स्थापना गर्ने भएको भन्दै पत्रकारहरुलाई पनि सुचना प्रवाह गर्न आग्रह गरे ।
‘तपाईहरुले पाएका सही र सत्य सुचना हामीलाई दिनुहोस समाजमा शान्ति सुरक्षा कार्यम गर्न हामीहरु कटिवद्ध छौं’ उनले भने ।
