डोल्पा, २७ माघ । ठूलो भेरीमा डुबेर एक वालकको ज्यान गएको छ । नर्क–३ निवासी ९ वर्षीय हिमाल शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
शाहीको बुधबार माछा मार्न गएको बेला भेरीमा डुबेर ज्यान गएको प्रहरीको भनाई छ । शाहीको शव प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा पाँच घन्टापछि भेटिएको स्थानीय बासिन्दा पुष्पराज शाहीले बताए । रासस
