दाङ, २७ माघ । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाअन्तर्गतका विभिन्न वडाहरुका सम्मेलन सम्पन्न भएका छन् । सम्मेलनले वडा नं. ३ को अध्यक्षमा नारायण डाँगी, उपाध्यक्षमा लालबहादुर गिरी, सचिवमा सागर घर्ती, कोषाध्यक्षमा मिना विक र सहसचिवमा प्रेमबहादुर पुन चयन हुनुभएको छ ।
त्यसैगरी वडा नं. ४ को अध्यक्षमा भोजराज पन्त, उपाध्यक्षमा सुनिता घर्ती, सचिवमा भीमबहादुर केसी, सहसचिवमा श्यामलाल नेपाली र कोषाध्यक्षमा थम्मन पौडेल (लम्साल) चयन हुनुभएको छ ।
त्यसैगरी वडा नं. ५ को सम्मेलनले अध्यक्षमा खिमबहादुर घर्ती, उपाध्यक्षमा पवित्रा जिसी, सचिवमा रमा पुन, कोषाध्यक्षमा शालिकराम महरा र सहसचिवमा तेजबहादुर खत्री रहनुभएको छ ।
त्यसैगरी वडा नं. ६ को सम्मेलनले मनिराम डाँगीलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा दुर्गी परियार, सचिवमा खोपिराम ओली, सहसचिवमा नारायण ओली र कोषाध्यक्षमा भोजराज ओली रहनुभएको छ ।
