संजय कुशवाहा
नवलपरासी २७ माघ। नवलपरासीको जमुनिया १ मा कारले ठक्कर दिदा एक जना बालिका गम्भीर घाइते भएकी छिन । जमुनिया गाउ विकास समिति वार्ड न. १ जमुनाबारी भित्री सडकखण्ड अन्तर्गत आज विहान बर्दघाट तर्फ आउदै गरेको बा १३ च ८८२५ नम्बरको कारले सोहि दिशा बाट आउदै गरेको पैदल जमुनिया १ जमुनावारि बस्ने ६ बर्षिय सानिया खातुन गम्भीर घाइते भएकि छिन ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारको लागि भैरहवा मेडिकल कालेज पठाईएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ ।कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।