दाङ, २७ माघ । दाङमा विपन्न वादी र गन्धर्व समुदायका एक हजार घर बन्दैछन् । जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले यी घरहरु निर्माण गर्न लागेको हो ।

indजनता आवास कार्यक्रमअन्तर्गत ४० र प्रदेशस्तरीय कार्यक्रमअन्तर्गतका करीव एक हजार घर निर्माण हुन लागेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेयले जानकारी दिए ।

उनका अनुसार घोराही नगरपालिका, तलसीपुर नगरपालिका, त्रिपुर, लमही, लालमटिया, गोवरडिहा, सिसहनिया, वाघमारे, सौडियार, शान्तिनगर, श्रीगाउँ, परन्धारालगायतका गाविसहरुमा घर निर्माण गर्न लागिएको हो । जनता आवास कार्यक्रमअन्तर्गत शौचालय निर्माणसहित घर निर्माणका लागि प्रतिघर २ लाख रुपैयाँ अनुदान दिने गरेको छ ।