मोरङ, २७ माघ । मोरङमा एक जनाले श्रीमतीको हत्या गरी आफूले विष खाएर हात्महत्या गर्ने प्रयास गरेका छन् ।

Poision मोरङ सिजुवा–६ मुहरवस्तीका २६ वर्षिय उदय सुतिहारले मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेका हुन् । उनले आफ्नी २५ वर्षिया शान्ता सुतिहारलाई वसुला प्रहार गरी हत्या गरेका हुन् ।

वसुला प्रहारबाट गम्भीर घाइते भएकी शान्ताको उपचारको क्रममा हिजो दिउँसो रङगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

श्रीमतीको हत्या गरेपछि लगतै श्रीमान उदयले पनि विष सेवन गरेका थिए । उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।