c6तुलसीपुर २५ माघ ।  नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले आर्थिक क्रान्ति अवको पहिलो प्रार्थमिकता भएको बताउनु भएको छ । दाङको तुलसीपुरमा जारि मध्यपश्चिम क्षेत्रिय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेलाको समापन कार्यक्रममा बोल्दै ढकालले देशमा राजनितिक उदेश्य पुरा भएको भन्दै अव आर्थिक क्रान्तिको पालो भएको बताउनु भयो ।

संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता एव नेपाल उद्योगप बाणिज्य संघका पुर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतित्थ्यतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले बिकास निमार्ण लगाएतका बिषयमा संघले खेलेको भुमिकाको उच्च प्रशंसा गरेका थिए ।

उनीहरुले बाणिज्य संघले तुलसीपुर लगाएँत पश्चिम दाङको बिकासका लागी अह्रम भुमिका निर्वाह गरेको भन्दै बिकास निमार्णको अभियानमा लागी रहन सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव नेत्रलाल वलीले गरेका थिए ।