कुसुम बि क
बर्दिया २५ माघ । बर्दियामा पछिल्लो पटक पशुको कृतिम गर्भधान गराउने किसानको सख्या दिन प्रतिदिन बढदै गएको पाइएको छ । किसानहरुको सचेतनाको कारण नै पशुको कृतिम गर्भधान गराउने सख्यामा बृद्धि हुदै गएको जिल्ला पशु सेवा कार्यालय बर्दियाले जनाएको छ ।

files
जिल्लामा २०५२ साल देखि सुरु भएको कृतिम गर्भाधान सेवामा विस जना किसानहरुले सेवा लिएका थिए । अहिले प्रत्येक वर्ष कृतिम गर्भाधान सेवा लिने किसानहरुको सख्या बढदै गएको जिल्ला पशु सेवा कार्यालय बर्दियाका प्रँविधिक महन्थी यादवले बताउनु भयो ।

सुरुमा जन चेतनाको कमिका कारण सेवा लिने सेवा ग्रँहिको सख्या कम भएपनि अहिले प्रचार प्रसार र जनचेतनाको बृद्धि सगै पशु कृतिम गर्भाधानको सेवा लिने किसानको सख्या बढदै गएपनि अझै वास्तविक किसानहरुले सेवा लिन नसकेको यादवले स्वीकार गर्नु भयो ।

जिल्लामा यस आर्थिक वर्षमा अहिले सम्म ५ जना किसानले सो सेवा लिएको उहाले बताउनु भयो । जिल्लामा विशेष गरी गाइमा कृतिम गर्भाधान गराउने किसानको सख्या बढि छ