काठमाडौं, २५ माघ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वसूचना तथा संचारमन्त्री शेरधन राईमाथि एक युवती लाइ जबरजस्ती करणी गरेको आरोप लागेकोछ ।
युवा संघकी एक केन्द्रीय सदस्यले आफूमाथि जबरजस्ती गरेको दाबी सहित ‘नाता कायम गरीपाउँ भनी पार्टी कार्यलय धुम्बाराहीमा निवदेन दिएपछि राईको कतुर्त बाहिर आएको हो ।
ती युवतीले राईले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुअघि कोठामै आएर आफूमाथि जर्वजस्ती गरेको निवेदनमा दाबी गरेकी छिन् । तर राईले भने पार्टीभित्रकै केहि गिरोहले आफ्नो व्यक्तिगत जीवन र राजनीतिक प्रतिष्ठा नै सिध्याउन प्रोपोगाण्डा रहेको बताएका छन् ।
आरोपका बिषयमा कुरा गर्दै राइले भने ‘ एक वर्षदेखि पार्टीभित्र मेराविरुद्ध एउटा गिरोह सक्रिय छ । त्यो गिरोहले नै ति महिलालाई पूरै सेड्यूअल बनाइदिएर मेरो राजनीति र व्यक्तिगत जीवन सिध्याउन लागेका छन् । मैले यो सबै विषयमा पार्टी अध्यक्ष र प्रहरीमा समेत जानकारी गराएका छु ।’
राइ बिरुद्द परेको उजुरीमा यस्तो लेखिएकोछ
