बुटवल, २४ माघ। रुपन्देहीको बुटवलमा भएको एसीड आक्रमणबाट नवलपरासी गैंडाकोटकी एक युवतीको ज्यान गएको छ । आइतबार राति बुटवलको होटल मेरिडियनमा नवलपरासी गैडाकोट५ की २७ वर्षकी तुल्सा सापकोटालाई धादिङ नौबिसे बस्ने २८ वर्षका सुनिल कोइरालाले एसिड आक्रमण गरेका थिए ।

asidतुल्सा र सुनिलको केही समय अघि प्रेम सम्बन्ध रहेको र तुलसाले आफूलाई छोडेर अर्कै केटासँग प्रेम गरेपछि एसीड हानेको सुनिलले स्वीकारेका छन् ।

एसिड आक्रमणबाट घाइते तुलसालाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । थप उपचारको लागि काठमाडौं लैजाने क्रममा सोमबार बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । एसीड आक्रमणबाट तुलसाको टाउको, अनुहार र शरीर जलेको थियो ।