manoj atporiyaचोरीएको पुस्ता आत्मकथा पढे पछि पाठक प्रतिक्रिया मार्फत केही जवाफ दिनै पर्छ भन्ने लाग्यो । त्यसैले पत्र लेखि कान्तिपुर दैनिकको पाठक प्रतिक्रियामा सम्प्रेषण गरे । तिनकुने भएर आवत जावत गर्नु पर्ने मेरो दैनिकीमा कान्तिपुर कम्प्लेक्स हेर्ने अचेल बानी परेको छ । गाडीको खलासीले तिनकुने भने पछि उहि याद आउँछ । पत्रकार खेद्ने समुदायको मानिस म । खैर मेरो यस पत्रलाई कान्तिपुरले छाप्न जरुरी ठानेन त्यसैले इन्द्रेणी अनलाईनलाई छाप्न दिनु उचित ठाने । यो पत्र आज पढ्दा केही थप्न र केही हटाउन मन लाग्यो । तर जस्ताको तस्तै छाप्न दिदै छु । 

चेतनजी अभिवादन,
सर्वप्रथम त धन्यवाद, धनकुटामा मात्र पाईने आठपहरिया जातिलाई कान्तिपुर दैनिक जस्तो पत्रिकामा जस्तो भए नि स्थान दिलाउनु भएकोमा, साथै माफी पनि माग्न चाहन्छु,, म त्यहीँ तपाईले उल्लेख गर्नु भएको आठपहरिया समुदायको मानिस, त्यसमाथि खस नेपाली मेरो दोस्रो भाषा भएकोले तपाईको जस्तो सभ्य र राम्रो यो पत्र नहुन सक्दछ ।

सन्दर्भ माघ ८ को कोसेलीको चोरिएको पुस्ताको हो । सो आत्मकथा पढ्दै गर्दा आठपहरिया उल्लेख भएपछि खिस्स हाँस्दै दोहो¥याएपछि सम्मपनि खासै चासोको विषय बनेको थिएन । तथापि आईतबार ३ जना साथीले “आठपहरियाहरुले त फोटो खिच्दा नि पत्रकारलाई खेद्दा रहेछन् भने पश्चात दिमागमा एक किसिमको खलबली मच्चियो र एउटा पत्र लेख्नै पर्छ कि जस्तो भान भएर लेख्दै छु । यो आत्मकथाको विरोध गर्ने पहँुच हामी आठपहरियाहरुसँग छैन, न त कुनै पत्रकारका संगठन छन् न आफ्नो भ्रमणको क्रममा मनमा लागेको कुरालाई पनि विचारको रुपमा स्थान दिने पत्रिका नै छन् । त्यसैले तपाईकै पत्रिकाको सहारामा तपाईलाई पत्र मार्फत सम्प्रेषण गर्दैछु । आशा छ छापिने छ र तपाईले पनि पढ्न पाउनु हुनेछ, यसो भन्दै गर्दा यो अवगत गराउन चाहन्छु कि मेरा आठपहरिया समुदायका औंलामा गन्न सकिने मानिसले मात्र पढ्न सक्नेछन् ।

चेतनजी, तपाईको आत्मकथा पढ्दा लाग्छ तपाई धेरै स्थान भ्रमण गरिसक्नु भएको छ । विदेश त्यस्तो घुम्नु भएको रहेछ भने नेपालको कुना कुनामा पनि अवश्य पुग्नु भएको होला । जे होस आठपहरिया बस्तीमा पनि पुग्नु भएकोमा धेरै धेरै धन्यवाद । तर आत्मकथामा यहाँ गए उहाँ गए लेखिएता पनि तथ्यहरु भने फलानाले भनेको भनी मात्र एउटा बाटोमा देखिएको एबोरजिनलमा सीमित गरि एउटा बन्द कोठामा बसेर लेखेको जस्तो देखिन्छ । चोरिएको पुस्ता भनेर लेखिए पनि उहीँ आप्रवासीको ज्ञान र सीपमा समाहितको विचार उल्लेख ९हे। तेस्रो अनुच्छेद० गर्नु भएको छ । खैर त्यो तपाईको विचार हो, मात्र मेरो भनाई कसैको बारेमा लेख्नु हुन्छ भने उ प्रति न्याय गर्नुहोस्, उसको भाव बुझ्नुहोस् । त्यसले तपाईको ज्ञान पनि बढेर जान्छ र पढ्नेले पनि नयाँ कुरा सिक्न पाउछन् । नातावाद र कृपावादको आधारमा पाउने सरकारी कोषको नभई व्यक्तिगत खर्चमा गरेको यस्तो भ्रमणले सार्थकता पनि पाउँछ ।

हुनत घोकन्ते विद्याबाट दीक्षित, त्यसमाथि प्रमाणपत्रको आधारमा शिक्षित मान्ने समाजमा हुर्केको हामी त्यहीँ नै राम्रो देख्छौं । अनुभव र कक्षा कोठाबाट बाहिर सिकेको ज्ञानलाई ज्ञान नै मान्दैनौ । आठपहरिया बस्तीमा पुग्नु भएको रहेछ । त्यहाँ देख्नु भएको तपार्इँको हजुरबुबाको उमेरका बृद्घाले जस्तो चोङ्गे तपार्इँलाई बनाउन आउदैन होला, त्यस्तै तपाईको हजुरआमाको उमेरका बृद्घाले बनाउने मर्चा, किनिमा तपाईलाई बनाउन आउदैन होला र तपाईले त्यसलाई ज्ञान पनि मान्नु हुन्न होला । किन भने तपाईको हजुरबुबाले पुस्तक समाउथे, हजुरआमाले बत्ती काट्थिन्, त्यसैले तपाईँको दिमागमा तिनीहरुमात्र सभ्य तथा ज्ञान बन्न पुग्यो । यो तपार्इँको समस्या पनि होईन । घर, स्कुल, समाजमा त्यहीँ देख्नु भो र त्यहीँ सिक्दै आउनु भो र तपार्इँको दिमागमा नि त्यहीँ कुरा जरो गाडेर बसेको छ । सो भन्दा फरक सोच्न सक्नु हुन्न । त्यसैले उक्त आत्मकथामा आदिवासीसँग भएको ज्ञान भन्दा आप्रवासीको ज्ञान र सीपमा समाहित गर्ने कुरामा जोड दिने विचार पोख्नु भएको छ ।

अव फर्कौं फोटो खिच्दा लखेटिनु पर्ने विषयमा, तपाई अनुभवी पत्रकारलाई कसैको फोटो खिच्दा अनुमति लिनु पर्छ भन्ने कुरा भनी रहनु पर्दैन होला, साथै के प्रयोजनको लागि सो फोटो खिचिदैछ भन्ने पनि जानकारी गराउनु पर्ने अवगत गराई रहनु पर्दैन होला । हुन त त्यति बेला भर्खर पत्रकारिता सिक्दै हुनु हँुदै रहेछ, सायद यो कुरा बारे विचार पु¥याउनु भएन कि रु म तपार्इँहरुको अवस्था सुधार गर्न केही सहयोग गर्न सक्छु कि भन्नु भएन कि रु कि तपार्इँ उनले भने जस्तै पैसा कमाउनको लागि मात्र फोटो खिच्न लाग्नु भएको थियो त्यो तपाईँ र सो खेद्ने मानिसबीच सीमित विषय हो । तथापि यति चाँहि जानकारी गराउन चाहन्छु, धनकुटा बहुमुखी क्याम्पसमा सबैभन्दा बढी अनुसन्धान प्रतिवेदन आठपहिरया जातिमा नै छ । ती अनुसन्धानकर्ताहरु खेदिएका भए प्रतिवेदन बन्न सम्भव थिएन होला । त्यस्तै प्रथाजनित कानून, प्रथा परम्परा जस्ता विषय हुन्न थिए होला र मानवशास्त्र, समाजशास्त्र जस्ता विषयहरु विधाको रुपमा जन्मिन्न थिए होला ।

हुन त साथीहरुले मलाई तपार्इँको लेखको उदाहरणसँग जोडेर मजाक बनाउनु सानो कुरा हो । यस्तो मजाकहरु धेरै भोगेको छु । आकार उच्चारण गर्न र लेख्न नजान्दाको मजाक, चाड पर्वसँग जोडिएको मजाक, ईष्ट/ईष्टनीको सम्बोधनको मजाक, यस्तै यस्तै । मात्र यो मजाकको असर तपाई लगायतले महसुस गर्नु पर्छ भनेर पनि यो पत्र लेख्नै पर्ने जस्तो ठाने । हुन त समानुपातिकको प्रतिनिधित्व, अर्थपूर्ण प्रतिनिधित्वको सानो उपायको रुपमा आएको समाजिक समावेशीकरणको विषयलाई त परनिर्भरको संज्ञा सजिलै दिने तपाईले महसुस गर्न सक्नु हुन्न जस्तो लाग्छ । मलाई आदिवासीहरुको पहिचान, पूर्ण समानुपातिक, पहिचानको आधारमा संघीयता जस्ता विषयहरु गलत नहुँदा नहँुदै पनि किन बीचैमा आन्दोलन तुहिन्छ भनेर बारम्बार घोत्लिन्थे ।

ती अगुवाहरुलाई भेटमा दोष थोपर्थे । तर तपाईँको आत्मकथा पढेपछि लाग्यो कि धेरैले आदिवासीका सवाल बुझ्न नसकेको र त्यसलाई मात्र गलत व्याख्या गर्ने र संचार माध्यमले पनि यस्तै विषय छाप्ने र सोही सतही बुझाईमा सबैजना लाग्नाले आन्दोलनको गलत व्याख्या गरिएको रहेछ । यसो भन्दै गर्दा, मेरो समुदायसँग तपाईले वा संचार गृहले माफी माग्नु पर्छ भनेर भन्न खोजेको होईन र आशा पनि राख्दिन । हुन त हाम्रो संस्कारमा गल्ती गरेमा जो सँग नि माफी माग्ने प्रचलन छ । सायद तपार्इँको सभ्य समाजमा त्यो नहुन सक्दछ । त्यसैले मेरो र मेरो समुदायलाई परेको पीडा मात्र महसुस गर्ने चेष्टा गर्नु होला ।

खैर, अस्ट्रेलिया पुगेर पनि धनकुटाका आठपहरियालाई सम्झनु भएकोमा धन्यवाद, साथै आठपहरियाको बारेमा कहिले नछापिएको कान्तिपुरमा ले सानो स्थान दिनु भएकोमा पनि धन्यवाद । पत्रकार भएको नाताले धनकुटा बस्दा, आठपहरियाले दशैं मान्न नपर्ने तत्कालिन सरकारको निर्णय, राम्लिहाङ, रिदामा जस्ता आठपहरियाका शहीदहरु, छिटा सिम, मेख्ली जस्ता भेषभुषाको बारेमा जानकारी राख्नु भएको होला । एक डलर तिरेर फोटो खिची, तथा साथी तथा केही सीमित व्यक्तिहरुलाई स्रोत बनाई कुनै समुदायको बारेमा लेख लेख्नु हुने छैन । तथ्यका आधारमा आठपहरियाका माथिका जस्ता विषयमा कलम चलाउनु हुनेछ भन्ने आशा गर्दै तपार्इँकै सभ्य भाषामा ईति श्री ।

उही तपाईँले फोटो खिच्दा लखेट्ने समुदायको एक सदस्य
मनोज आठपहरिया