घोराही, २३ माघ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालले प्रदेश न. ५ ले प्रदेश स्तरिय यसवा जन जागरण अभियान शुरु गर्ने भएको छ ।
वाईसिएल प्रदेश न. ५ को प्रदेश स्तरिय शनिवार घोराहीमा सम्पन्न वैठकले यही माघ २३ देखि चैत्र ३० गतेसम्म प्रदेश स्तरिय युवा जागरण अभियान शुरु गर्ने जनाएको छ ।
वैठक पछि आईतवार घोराहीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । वाईसिएल नेपालका प्रदेश न. ५ का संयोजक गणेश शाहीको अध्यक्षता एंव वाईसिएल नेपालका केन्द्रिय संयोजक नेपवहादुर कँुवरको प्रमुख आतितथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
