इन्द्रेणी संवाददाता
दाङ, २३ माघ । यही माघ २७ गतेदेखि घोराहीको नवलपुरमा सञ्चालन हुने व्यापारिक तथा पर्यटन महोत्सवमा व्यापारिक स्टल राख्ने काम अघि नवढाउन जिल्ला प्रशासन कार्यालयले आयोजकलाई निर्देशन दिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको हस्ताक्षर रहेको सो पत्रमा सरोकारवाला निकायहरुसँग आवश्यक छलफल र समन्वय नगरेको भनि पटक पटक प्रशासनमा भएको छलफलमा भएको मौखिक सहमति अनुसार व्यापारिक स्टलको तयारी अघि नवढाउन आग्रह गरिएको छ ।
महोत्सबको ८० प्रतिशत काम सकियो
दाङको घोराहीमा यहि माघ २७ गते देखि सञ्चालन हुन थालेको महोत्सबको ८० प्रतिशत तयारी सकिएको छ । महोत्सबको मिति आउन केही समय मात्र बाकि रहेकाले अहिले सम्म ८० प्रतिशत भन्दा बढि काम सकिएको महोत्सब मुल आयोजक समितिले बताएको छ । महोत्सब सञ्चालनका लागि विभिन्न निकायहरु संगको छलफल, महोत्सब स्थलको सजावट, गेट निमार्ण, प्रचारप्रसार र विभिन्न कार्यक्रमहरु गरी सम्पुर्ण कामहरु सकिएको महोत्सब मुल आयोजक समितिका संयोजक यमबहादुर पुनले जानकारी दिए ।
नवजागरण नेपालको आयोजना तथा नवलपुर युवा क्लबको सहआयोजनामा माघ २७ देखि फागुन ९ गते सम्म सञ्चालन हुन थालेको महोत्सबका लागि पहिलो दिन निकालिने शोभायात्राको पनि अन्तिम तयारी भैरहेको महोत्सब शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक टीका थापाले जानकारी दिए ।
महोत्सब उद्घाटनका लागि युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली आउने आयोजकले बताएको छ । नवलपुर स्थित खेलकुद मैदानको स्तारोन्नती तथा विकास गर्ने मुख्य उदेश्यको साथमा सञ्चालन हुन थालेको महोत्सबमा लागु औषध दुब्र्यसनी न्युनिकरण, ट्राफिक सचेतनाका विभिन्न कार्यक्रमहरु पनि रहेको महोत्सब मुल आयोजक समितिले बताएको छ ।
५० रुपैया प्रबेश शुल्क रहेको महोत्सबमा विद्यार्थीहरुलाई ४० र जेष्ठ नागरीकहरुलाई भने निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ । व्यवसायीक प्रर्बद्धन, स्थानिय कला संस्कृतिको संरक्षण, खेलकुदको विकास र प्रचारप्रसारको साथै पर्यटकिय सम्पदाहरुको पहिचान, विकास र प्रचारका लागि आयोजना गर्न थालिएको महोत्सबमा लागु औषध न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरीने छ ।
महोत्सबको आकर्षणको रुपमा दाङमै पहिलो पटक हात्ती, उँट र चौरीगाईलाई ल्याउने महोत्सब मुल आयोजक समितिका संयोजक यमबहादुर पुनले बताऐ । हात्ती र उँटमा चढेर महोत्सबको अबलोकन गर्ने ब्यबस्था मिलाईएको छ । नेपालकै होची महिला ईश्वरीमाया छिनाल पनि आकर्षणको रुपमा रहने आयोजकले बताएको छ ।