संजय कुशवाहा 

नवलपरासी जिल्लाको कुडिया गाउँ विकास समिति ६ महलबारीमा मदार मेलाको तयारी पुरा भएको छ । मदरसा ईस्लामिया कुत्बुल शाह बाबा समितिले पत्रकार सम्मेलन गरेकोमा मदार मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुदिन अन्सारी ले दिएको जानकारी अनुसार मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि तयारी गरिएको छ ।

20170204_154011यो मेला बदिउदिन जिन्दा शाह बाबा ६०० अौ मेला हो ।बाबाको मुख्य मजारमा पुगनको लागि महलबारी देखि ९ किलोमिटर टाढा पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरि बाबाको मुख्य स्थल सम्म पुगने गरिन्छ । मदार मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको सहभागीता रहने गर्दछ ।

हिन्दु र मुस्लिम मजार सम्म पुगेपछि घर परिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पुरा हुन्छ भन्ने विश्वास गरिएको छ ।यो मदार मेलामा भारतको उत्तर प्रदेश ,बिहार र नेपाल का विभिन्न ठाउहरू बाट करिब १५ लाख भन्दा बढी भक्तजनहरू आउने गर्दछन । यो मेला फागुन ५ गते देखि १४ गते सम्म संचालन रहने अन्सारीले दावी गर्नु भएको छ ।