दाङ २३ माघ । महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), त्रिवि शिक्षण अस्पतालले दाङको तुलसीपुरमा आफानो सेवा विस्तार गर्ने भएको छ । आगामी फागुन १ गतेदेखि नेपालका तीन वटा जिल्लामा विशेषज्ञ सेवा दिने निर्णय अनुसार दाङको तुलसीपुरमा पनि सेवा दिन लागेको हो । हरेक मेडिकल कलेजले सामुदायिक सेवाका लागि जिल्लाका अस्पतालमा सेवा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको पहलमा आइओएमले दाङको तुलसीपुर, सप्तरीको राजविराज र कञ्चनपुरको महेन्द्रनगरमा विशेषज्ञ सेवा दिने भएको हो ।
फागुन १ गतेबाट सेवा दिन सुरु गर्ने विषयमा आइओएम महाराजगन्ज क्याम्पससँग छलफल भइसकेको स्वास्थ्य मन्त्री गगन कुमार थापाले जानकारी दिए । यसैगरी, विराटनगरस्थित नोबल मेडिकल कलेजले धनकुटा र उदयपुरमा सेवा विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको मन्त्री थापाले बताए । विशेषज्ञ सेवा नपुगेको जिल्लामा सेवा पु¥याउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजहरुसँग यस्तो समझदारी गर्न सुरु गरेको हो । यसअघि ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समझदारी भएको थियो ।
